एमालेले सोध्यो नेपालसहित चार नेतालाई स्पष्टीकरण
काठमाडौँ,चैत ९ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार जनालाई स्पष्टीकरणका लागि पत्र पठाएको छ ।
एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार सोमबार महासचिव ईश्वर पोखरेलले पत्र पठाएको कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।