गुटगत भेलामा नजान एमालेको निर्देशन [विज्ञप्ति सहित]



काठमाडौ,चैत ४ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै पार्टीका तर्फबाट चैत्र ४ र ५ गते कुनै भेला आयोजना नभएको बताएका छन् ।

महासचिव पोखरेलले एमालेको नाममा भेला आयोजना गर्ने भनि प्रचारित सूचनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै अनाधिकृत गुटगत भेला नगर्न, भेला आयोजनाको भ्रम नफैलाउन र त्यस्तो भेलामा सहभागी नहुन एमालेका सबै नेता तथा कार्यकर्ताहरुलाई विशेष निर्देशन दिएका छन् ।

साथै भेलामा सहभागी भएमा संबिधान, पार्टी र संसदीय दलको विधान अनुसार कारवाही हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्देशन पत्र

प्रतिक्रिया दिनुहोस्