सोमबार विहान बस्नेगरि माओवादी केन्द्रको बैठक सम्पन्न



काठमाडौं, चैत १ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक भोलि सोमबार विहान ११ बजे बस्नेगरि सम्पन्न भएको छ । आइतबारको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारेमा जानकारी गराएका थिए ।

आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा चलेको थियो । तर, त्यस विषयमा आज ठोस निर्णय नभएको नेता नारायणकाजी श्रेष्ठले जनँए ।

बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसलाले गर्दा अहिले समस्या भएको बताएका थिए। अदालतले अनावश्यक ठाउँमा हात हालेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्