नुवाकोट दुप्चेश्वरमा चौथो भलिबल कप प्रतियोगिता सुरु
नुवाकोट,फागुन २८ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा चौथो दुप्चेश्वर कप भलिवल प्रतियोगिता सुरु भएको छ । तीनदिनसम्म सञ्चालन हुने भलिवल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो। प्रतियोगिताको शुभारम्भ कार्यक्रमका प्रमुख अथिति नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले गरेका हुन् ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिँह तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विशेष अथितिहरु नेपाली काँग्रेस नुवाकोटको जिल्ला सभापति जगदिश्वर नरसिँह केसी, नेपाली काँग्रेसका नेता एवं महासमिति सदस्य रमेश कुमार महत, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा तादी गाउँपालिकाका अध्यक्ष नारायण खतिवडा तथा उपाध्यक्ष इश्वरी उप्रेती, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ रमेश , सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङ, दुप्चेश्वर गाउँपालिका उपाध्यक्ष अन्जु आचार्य, दुप्चेश्वर गापाका वडा अध्यक्ष तथा जनप्रतिनिधीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयका सहभागि विद्यार्थीहरुले आआफ्ना प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।
लगातार तीन दिनसम्म जारी रहने दुप्चेश्वर कप भलिबलको उद्घाटनका दिन जम्मा ११ टिमले नाम दर्ता गराएको आयोजक दुप्चेश्वर युवा क्लबले जानकारी दिएको छ । उद्घाटनका दिन सम्पन्न तीन खेलमा दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र पञ्चकन्या गाउँपालिका विजयी भएको छ ।