नेकपा एमालेद्वारा दुई सदस्यीय वार्ता टोली गठन
काठमाडौँ,फागुन २६ । सत्तारुढ नेकपा एमालेले अन्य दलहरुसँग वार्ता तथा संवादका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।
पार्टी उपमहासचिव विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङसहित दुई सदस्यीय टोली गठन गरेको हो ।
त्यस्तै, उता जनता समाजवादी पार्टी (जसपा) ले पनि नयाँ सरकार गठन लगायतका विषयमा छलफल गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । जसपाको टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।
प्रतिनिधिसभामा एमालेको १२१ सिट रहेको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए पनि नयाँ सरकार गठन वा विश्वासको मत लिन १७ जना सांसद भए पुग्छ । जसपाको ३४ जना सिट रहेको छ ।