नुवाकोटमा ओली समूहले राख्यो पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड



नुवाकोट,फागुन २४ । सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेका नेकपा ओली समूहका कार्यकर्ताले नुवाकोटमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि सोमबार वाग्मती प्रदेश सभा सदस्य तथा नुवाकोटका सांसद बद्री मैनालीको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेकपा एमालेको नुवाकोट जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।

कार्यालय स्थापनाका लागि ओली पक्षका नुवाकोट स्थायी घर भएका केही नेता कार्यकर्ता काठमाडौँबाट समेत नुवाकोट पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्