प्रचण्ड समूहपछि कांग्रेस सांसदद्वारा पनि नाराबाजी र रोष्टम घेराउ



काठमाडौ,फागुन २३ । संसद पुनर्स्थापना पछि प्रतिनिधिसभाको पहिलो बैठकलाई नेकपाको प्रचण्ड समूहले बहिष्कार गरेका छन् त्यस लगत्तै कांग्रेसले पनि विराेध गरेकाे छ ।

प्रतिनिधिसभा असंवैधानिक भएको अदालतको ठहरपछि प्रधानमन्त्रीले शासन गर्ने वैधता गुमाएपछि सरकारको तर्फबाट अध्यादेश ल्याउने गरी कार्यसूची राखेकोभन्दै सांसद भीम रावलले विरोध जनाएका थिए ।

तर, उनको विरोधकाबीच अध्यादेशको कार्यसूची प्रस्तुत गर्ने अनुमति सभामुखले दिएपछि प्रचण्ड पक्षका सांसदले बैठक बहिष्कार गरे ।

तर, सभामुखले अध्यादेश प्रस्तुतिको अनुमति दिएपछि कांग्रेसतर्फबाट पुष्पा भुसाल र बालकृष्ण खाणले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति विरोध जनाउँदै नाराबाजी गरे ।

उनीहरु नाराबाजी गर्दै रोष्टम घेराउमा उत्रिएपछि सभामुखले १० मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्