प्रचण्ड संसदीय दलको नेता भएको पत्र संसद सचिवालयमा दर्ता
काठमाडौ,फागुन २३ । नेकपाको संसदीय दलको नेता प्रचण्ड चयन भएको र प्रमुख सचेतकमा देव गुरुङलाई निरन्तरता दिएको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।
यस अघि व्यवस्थापिका संसद सचिवालयले प्रचण्ड दलको नेता चयन भएको पत्र दर्ता गर्न अस्वीकार गरेको थियो ।
तर, आफूपक्षी ११२ सांसदको हस्ताक्षर र पार्टी केन्द्रीय कमिटीको बहुमतको निर्णय बोकेर संसदमा पुगेको प्रचण्ड–नेपाल समूहकाे पत्र दर्ता भएको हो । पत्रको दर्ता नम्बर ६९ रहेको छ ।