ओली पक्षको बैठक सकियो , ११५ सांसद उपस्थित भएको दाबी



काठमाडौं, फागुन २२ । ओली पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएका थिए ।

भट्टराईका अनुसार संसदीय दलका नेता एवम प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउन निर्देशन दिएका थिए ।

भोलि संसद् बैठक बस्न गइरहेकाले भोलिको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफ्ना सांसदहरुलाई निर्देशन दिएको समेत बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्