मुलुकको भविष्य फैसला गर्न जनमत संग्रह आवश्यक: विप्लव
काठमाडौं,फागुन २१ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेकोले यसको इमान्दारीताका साथ आफुहरुले पालना गर्ने बताएका छन् ।
सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच शुक्रबार सम्पन्न राष्ट्रिय सभागृहमा भएको सहमतिमा हस्ताक्षर गर्दै उनले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताए ।उनले आफु तीनबुँदेमा सहमतिमा प्रतिवद्ध रहेको र पालना गर्ने बताए । यस सवालमा आशंका वा कुतर्क गर्न जरुरी नभएको पनि स्पष्ट पारे ।
‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उनले भने, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’ मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्ने धारणा पनि राखेका छन् ।