सुवास नेम्वाङदेखि सूर्य थापा सम्मलाई निलम्बन गर्ने नेकपा प्रचण्ड माधव समुहको निर्णय



काठमाण्डौं,फागुन १९ । संसद विघटन लगत्तै विभाजित बनेको नेकपामा एकले अर्कोलाई कार्बाही गर्ने क्रम रोकिएको छैन । सोही क्रममा नेकपा प्रचण्ड माधव समुहले आज स्थायी समिति सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समितिको बैठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट हटाउदै संसदीय दलको उपनेताबाट समेत राजीनामा दिन निर्देशन दिएको छ ।

यसै गरी प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय पनि पारित भएको छ । यसै गरी ओली समुहले संसदीय दलको मुख्य सचेतकमा चयन गरेका बिशाल भट्टराईलाई पार्टी केन्द्रीय समितिबाटै हटाउने पनि यस समुहले निर्णय गरेको छ ।

यसै गरी महेश बस्नेत, सूर्य थापा, प्रभु शाह, शान्ता चौधरी , कर्ण थापालाई केन्द्रीय समिति सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने ण्र्निय गरेको एक नेताले जानकारी दिए । अहिले केन्द्रीय समितिको बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्