राष्ट्र बलियो बनाउन प्रतिरक्षा नीति



काठमाडौं, फागुन ११। सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो ।

रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ज्ञवालीले नेपालको प्रतिरक्षा प्रणाली सबल र सुदृढ बनाउन पहिलो पटकप्रतिरक्षा नीति–२०७७ स्वीकृत भएको जानकारी दिए।

राष्ट्रिय सुरक्षा परिषद्, रक्षा, गृह, परराष्ट्र मन्त्रालय र नेपाली सेनालगायत सम्बद्ध निकायसँगको छलफलपछि प्रतिरक्षा नीति निर्माण गरिएको बताइएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्