गुल्मीमा बुहारीद्वारा ८७ वर्षीय बृद्ध ससुराको हत्या



गुल्मी,फागुन ११ । जिल्लामा आफ्नै बुहारीले ससुराको हत्या गरेकी छन । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ की ४२ वर्षीया मनकला ज्ञवालीले आफ्ना ८७ वर्षका ससुरा नन्दकुमार ज्ञवालीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रविणलाल श्रेष्ठले बताए ।

हत्या आरोपमा पक्राउ परेकी मनकलालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पत्रकार सम्मेलन गरेर सार्बजनिक गरेको हो । फागुन ८ गते उनका ससुरा आफ्नै ओछ्यानमा मृत भेटिएका थिए ।

घटना रहस्यमय देखिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीले फागुन ९ गते उनकी बुहारीलाई पक्राउ गरेको थियो । राती करीब ९ : ४५ बजेको समयमा हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन् । पक्राउ परेकी मनकलालाई सोमबार प्रहरीले सार्बजनिक गरेको हो । उनलाई अदालत बाट म्याद थप गरि घटना बारे थप अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्