प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त
काठमाडौ,फागुन ७ । प्रदेश २ को प्रदेश प्रमुखमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई नियुक्त गरेकी छन् । प्रदेश प्रमुखका रुपमा रहेका तिलक परियारलाई भने पदमुक्त गरेको राष्ट्रपति कार्यालय श्रोतले उल्लेख गरेको छ ।
नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।
परियार २०७६ कार्त्तिक १८ गते प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।