फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ: अध्यक्ष दाहाल



काठमाडौ,माघ २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने उद्घोष गरेका छन् ।

विहीवार आमहड्ताल सफल पार्न ललितपुरको सातदोबाटोको प्रदर्शनमा सहभागी भएका अध्यक्ष दाहाले पत्रकारहरूसँग कुरा गर्दै माघ २८ गते विशाल प्रदर्शनपछि पनि प्रतिगमन नसच्चिए फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताए ।

संयुक्त आन्दोलनमा राजनीतिक दल, नागरिक समाज लगायताको सहभागीता रहने उनले जानाकरी दिए । त्यसपछि केपी शर्मा ओली सरकारको आयु सकिने अध्यक्ष दाहालले दाबी गरे ।

अध्यक्ष दाहालले नेपाल बन्द गर्नु रहर नभइ बाध्यता भएको जिकिर गरे । मण्डलेवाद अन्त्य गर्दै गणतन्त्रको रक्षाका लागि सडकमा आउनुको विकल्प नभएको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्