नेपाल बन्द: तोडफोड, आगजनी गरे कारबाही



काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले आज देशव्यापी बन्दको आव्हान गरेको छ । गृह मन्त्रालयले आमहडताल अवधिमा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तीको तोडफोड, आगजनी, लगायतका गतिविधि नर्गन र नगराउन अनुरोध गरेको छ ।

यस्ता गतिविधि भए कानुन अनुसार कारवाही हुने जनाउँदै यस्ता गतिविधि हुन नदिन आवश्यक व्यबस्था मिलाइएको उल्लेख गर्दै निर्धक्क आफ्ना उद्योग कलकारखाना चलाउन सबैसँग गृहले आग्रह गरेको छ ।

यता बन्द समूहले भने सो समयावधिमा यातायात, पसल, कलकारखाना सबै बन्द रहने र स्वास्थ्य तथा अत्यावश्यक बस्तु आयात गर्ने साधन र परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्