बैंगलोरमाथि हैदराबाद पाँच विकेटले विजयी
एजेन्सी,कात्तिक १६ । शनिबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको दोस्रो खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । यूएईको सारजाहमा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिलो ब्याटिङ गरेको बैंगलोरले दिएको १२१ रनको लक्ष्य हैदराबादले १४ ओभरमै भेटेको हो । हैदराबादका लागि रिद्धिमान शाह ३९, मनिस पाण्डेले २६ रन जोडे भने जासन होल्डरले अविजित २६ रन बनाए ।
बैंगलोरका युजभेन्द्र चाहल २, वासिंगटन सुन्दर र नाभदिप सैनीले १/१ विकेट लिए । पहिलो ब्याटिङ गरेको बैंगलोरले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १२० रन बनाएको थियो ।