दसैंपछिको शेयर बजार ४१ दशमलव २० अंकले बढ्यो
काठमाडौं कात्तिक १२ ।
नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा बुधबार ४१ दशमलव २० अंकको बृद्धि देखिएको छ। दसैं बिदापछिको पहिलो कारोबारमा परिसूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको छ।
आज नेप्से परिसूचक २ दशमलव ५७ प्रतिशतले बढेर १ हजार ६ सय ४७ दशमलव ४५ अंकमा कायम भएको छ। १ सय ८८ वटा कम्पनीको ९३ लाख २२ हजार कित्ता ४२ हजार १ सय १८ पटक खरिद बिक्री हुँदा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक पनि ९ दशमलव २१ अंकले बढेर ३ सय २७ दशमलव ७६ अंकमा पुगेको छ।
बुधवार व्यापार समूहको उपसुचक ८ दशमलव ८३ अंकले घटेको छ भने बाँकी सबै समूहको उपसूचक उकालो लागेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको उपसुचक १ सय १० दशमलव ६८ अंकले बढेको छ। त्यस्तै बैंकिङ समूह ५५ दशमलव १५, होटल समूह ३२ दशमलव ८५, विकास बैंक समूह ६० दशमलव ९७, जलविद्युत समूह ३ दशमलव ८६ र वित्त समूह १३ दशमलव ३८ अंकले बढेको छ।
निर्जीवन बिमा, उत्पादन, लघुवित्त र अन्य समूहको उपसुचक क्रमशः ४७ दशमलव ०७, २० दशमलव ८८, २५ दशमवव १९ र १५ दममलव ५७ अंकले बढेको छ । कारोबार रकम र सेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंकको २० करोड ६५ लाख ४४ लाख रुपैयाँ बराबरका ६ लाख ९० हजार ७ सय कित्ता सेयर किनबेच भएको छ।
सबैभन्दा धेरै कमाउनेमा भने प्राइम कमर्सियल बैंकका लगानीकर्ताले प्रतिकित्ता ९ दशमलव ९० प्रतिशतका दरले कमाएका छन। सबैभन्दा धेरै गुमाउनेमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन्।