सुनको भाउ फेरि उकालो चढ्यो, तोलाको तोलाको ९४ हजार ८ सय रुपैयाँ



काठमाडौं असोज २३ । शुक्रबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

बिहीबार तोलामा २ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य सोमबार तोलामा ४ सय रुपैयाँ घटेर ९४ हजार १ सय रुपैयाँ आइपुगेको थियो ।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार एक सय ९६ रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एकै दिनमा २५ डलरले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्