कोरोना प्रभावित सबैभन्दा बढी अनौपचारिक क्षेत्र: विश्व बैंक



काठमाडौं,असोज २३ । कोरोना महामारी लामो समयसम्म रहिरहँदा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा देखिएको विश्व बैंकले निष्कर्ष निकालेको छ ।

बिहीवार विश्व बैंकले दक्षिण एशियाको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै महामारीको असर कायमै रहेका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका बताएको हो ।

अनौपचारिक क्षेत्रमा कार्यरत हजारौंले रोजगारी गुमाएका कारण लाखौं दक्षिण एशियालीहरू चरम गरीबीमा धकेलिएका छन् । नेपालसहित दक्षिण एशियामा नै यस वर्ष हालसम्मकै खराब मन्दी सृजना भएको प्रतिवेदनमा उल्लेख छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्