कांग्रेस सांसदले गरे प्रदेश सभा ५ मा कुर्सी टेबल तोडफोड, अवरोधबीच बैठक सञ्चालन
काठमाडौं असोज १९ । राजधानी दाङ बनाउने प्रस्ताव सरकारले प्रदेशसभामा पेश गरेपछि तनाव बढेको प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरुले हंगामा मच्चाएको छ ।
बैठक प्रारम्भ हुनासाथ होहल्ला गर्दै संसद अवरुद्ध गरेका थिए । सभामुख अवरोधका बीच बैठक अगाडि बढेपछि आक्रोशित कांग्रेस सांसदले कुर्सी र टेबल तोडफोड गरेका हुन् ।
पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा थप तनाव उत्पन्न भएको हो । काँग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाएका छन् ।
कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो ।