बुटवलमा चार दिनका लागि निषेधाज्ञा
काठमाडौं, असोज १८ । प्रदेशको राजधानीको विषयलाई लिएर विवाद र प्रर्दशन बढ्न थालेपछि बुटवल क्षेत्रमा चार दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।
स्थायी राजधानी र प्रदेश पाँचको नामाकरणको विषयलाई लिएर प्रस्तावविरुद्ध आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेको हो ।
प्रदेश पाँचको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेस भएपछि बुटवलक्षेत्रमा आन्दोलन सुरु भएको छ ।