लकडाउनले थन्किएका १ लाख ४० हजार लाइसेन्स वितरण गर्दै एकान्तकुनाको यातायात कार्यालय
ललितपुर असोज १६ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै १ लाख ४० हजार चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न लकडाउन र निषेधाज्ञाले कार्यालयमै रोकिएको जनाएको छ ।
विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले अहिले दैनिक एक हजार ८०० देखि दुई हजार ५०० सम्म दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताए । उनका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ ।
सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ ।