बिहीबार सुनको मूल्यमा सामान्य गिरावट, छापावल सुनको प्रतितोला ९४ हजार ५००



काठमाडौं असोज १५ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला बिहीबार २ सय रुपैयाँ घटेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ७०० मा कारोबार भएकोमा बिहीबार ९४ हजार ५०० रुपैयाँ मूल्य निर्धाण भएको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको प्रतितोला ९४ हजार तोकिएको छ ।

चाँदीमा बिहीबार १५ रुपैयाँ प्रतितोला भाउ घटेर १ हजार १ सय ७५ मा कारोबार भइरहेको छ । बुधबार १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्