वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना पुष्टि, श्रम स्वीकृति दिन बन्द
काठमाडौं असोज १४ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिन काम बन्द गरिएको छ ।
सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले पुष्टि गरे । उनका अनुसार अन्य कर्मचारीमा पनि लक्षण देखिएको छ ।
निषेधाज्ञापछि ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ ।
२४ घन्टाको अध्यावधिक विवरण अनुसार मंगलबार उपत्यकामा ९ सय ३४ जनामा संक्रमण देखिएको थियो ।