कोरोनाका कारण लाखौं बालबालिका जोखिममा



एजेन्सी भदौ २४ ।

कोरोना भाइरसका कारण विश्वभर लाखौं बालबालिका जोखिममा परेका छन् ।

संयुक्त राष्ट्रसंघले महामारीको कारण स्वास्थ्य सेवामा देखिएको अवरोधले एक दशक लामो प्रयासपछि बाल मृत्युदर घटाउनमा पाएको सफलता गुम्न सक्ने बताएको छ ।

राष्ट्रसंघको बालबालिका कोष युनिसेफका अनुसार एक वर्षमा बच्न सकिने रोगको कारण मृत्यु हुने पाँच वर्षभन्दा मुनिका बालबालिकाको संख्या अहिले ५२ लाख छ । यो संख्या सन् १९९० मा एक करोड २५ लाख थियो ।

यद्यपि राष्ट्रसंघले गरेको सर्वेक्षणले विश्वका अधिकांश मुलुकमा महामारीको कारण बालबालिका तथा मातृत्व कार्यक्रम प्रभावित बनेको छ । साथै खोप र कुपोषण नियन्त्रणको कार्यक्रम पनि रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्