रसुवामा हालसम्म १२ संक्रमित, ११ डिस्चार्ज
रसुवा साउन ३० ।
वाग्मती प्रदेशको रसुवा जिल्लामा संक्रमितको संख्या १२ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै शुक्रबार दिउँसो ३ बजेसम्मको तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय रसुवाले १२ संक्रमित पुगेको जनायो ।
ती मध्ये ११ जना निको भइसकेको र १ जना मात्र उपचारमा रहेको जनाइएको छ ।