२४ कलाकारका स्वरमा ‘सोच बदलिए’गीत
काठमाडौं साउन २२ । प्रवासी नेपाली बैंग्लोर ग्रुपको राष्ट्रिय भाव बोकेको गीत ‘सोच बदलिए’ सार्वजनिक भएको छ । गीतमा २४ जना गायक/गायिकाले स्वर दिएका छन् ।
शब्द भुवन नेपाली र कृष्ण चन्द संगीत करन नेपालीको रहेको छ । भुवन प्रकाश बडुको एरेन्ज रहेको गीत को मिक्सिङ मनोज डंगोलले गरेका छन् । उक्त गीतमा स्वर दिने गायक गायिकाहरुमा भुवन बडु, किरण नेपाली, कृष्ण चन्द, सुरेश औजी, अमर नेपाली, सुरेश नेपाली, नवराज नेपाली, युवराज नेपाली, हक बिसी, नरेश विष्ट, जनक राज विश्वकर्मा, टिका पुन, शोभा त्रिपाठी, टिका सानु, पुष्पा बोहोरा, दिपा रोकाय, माया बडु, लक्ष्मी आचार्य, निरुता खत्री, भावना चन्द, माही बडु, बिष्ना शिलाल, बिष्ना नेपाली रहेका छन् ।