जनमत च्यातेर ओलीमाथि आक्रमण हुँदैछ



योगेन्द्र घिसिङ

केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा अध्यक्ष र संसदीय दलनेता हुन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गुटबाट बिना मगर, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, रामबहादुर थापा बादल, लेखराज भट्टलगायतलाई मन्त्री बनाएका छन् । माधव नेपालकाका होनाहार खेलाडी योगेश भट्टराई र घनश्याम भुसाल मन्त्री छन् ।

आफ्ना गुटका सिपाहीहरू मात्र मन्त्री भएर पुगेन । स्वंय प्रधानमन्त्री बन्न प्रचण्ड र माधव लडाइँको मैदानमा उत्रिए । जनताले दिएको मतलाई च्यातेर ओलीमाथि आक्रमण हुँदैछ । उनीहरू ओलीलाई हटाउनु जायज भन्ने तर्क पेस गर्दै गर्दा देशमा गम्भीर प्रश्न उठेको छ । नेपालको राजनीतिमा पार्टी अध्यक्ष र संसदीय दल नेतालाई पूरा कार्यकाल काम गर्न पाएका छैनन् ।

नयाँ संविधानपछि पाउने विश्वास थियो । तर नेकपा विवादले नेपाली राजनीतिक पार्टी लोकतान्त्रीकरण हुन नसकेको प्रष्ट भयो । नयाँ संविधानले राजनीतिक स्थिरताको चाहना राखेको छ । २ वर्षसम्म अबिश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक प्रावधान राखेको छ । यो राख्नुमा २००७ सालदेखि कुनै दल वा मुख्य नेताले पूर्ण सरकार चलाउन नपाएको कारण प्रमुख हो । कुनै राजनीतिक दलको पूर्ण मूल्यांकनको एउटा अवसर
देश र जनताले पाउने विश्वास पनि छ ।

२०४६ सालको परिवर्तनपछि नेपाली कंग्रेसको पार्टी झगडाले जनतमा धोका भयो । गिरिजाप्रसाद कोइरालालाई आफ्नै पार्टीका सांसदहरुले असहयोग गर्‍यो । उनले ३ वर्षमा संसद बिघटन गरे । खास सिद्धान्त-दर्शन वा पार्टी कार्यक्रम बारेको त्यसमा विमति थिएन । केबल गिरिजा, गणेशमान र कृष्णप्रसादबीच भागबन्डाको झगडा थियो । त्यसबाट संसदीय राजनीतिमा फोहोरी खेलसँगै ब्यबस्था पनि समाप्तसम्मको इतिहास बन्यो ।

नेकपा विवादमा आजभोलि सिद्धान्तको नाटक पर्दामा फाल्न खोजेको फेरि देखिँदैछ । ओलीले पद छाड्दिन भनेपछि बहुदलीय जनवाद वा माओवादी जनवाद पुतली अघि सारेको छ । के ओली, प्रचण्ड र माधवको झगडा जनवादको सिद्धान्तमा हो त ? भन्ने प्रश्न उठाउन खोजेको छ । नेकपा पार्टी कम्युनिस्ट वा जनवादी होइन । सबभन्दा पहिलो जनता यसमा ढुक्क बन्नुपर्छ । कम्युनिस्ट नाममा जनआन्दोलन वा जनयुद्ध गर्‍यो । जनताले
साथ पनि दिए ।त र जब सत्तामा पुगे उनीहरु अर्बौंका भूमिगत मालिक बन्यो ।

यती, भाटभटेनी, चन्द्रागिरि केबलकार, सुमार्गी हुँदै नामुद माफिया गिरोहका सिल्पिङ पार्टनर भए । अब उनीहरुका प्रमुख नेतृत्व टिम दलालपुँजी पतिका मतियार हुँदै अर्बपति बनेका छन् । श्रमजीवी किसान, मजदुर एवं गरिखाने बर्गका प्रतिनिधित्व होइनन् । त्यो घाम जतिकै छर्लङ्ग छ ।

नेकपा सरकारले जनताको समस्या समाधान लागि सरकारको तर्फबाट न्युनतम छफफल गर्दैन । कम्युनिस्ट वा जनवाद भन्ने पार्टी र सरकारले जनताको पूर्ण नि:शुल्क शिक्षा र स्वास्थ्यको कुनै क्षण विषय उठान गर्दैन । स्वास्थ्य र शिक्षामा दलाल पुँजीपति र माफियाको सेवक बनेर काम गर्दै छन् । किसान/मजदुर गाँस-बाँस र कपासमा गहिरो कुनै चासो छैन ।

नेपालका मधेसी जनजातिको भाषा, संस्कृति र धार्मिक पूर्ण समानताको सन्दर्भ एक शब्द बोल्ने आवश्यकता नदेख्ने पार्टी र सरकार हो । कुनै कम्युनिस्ट वा जनवादी दर्शन र सिद्धान्तको कुरा गर्नु गलत छ। त्यो मार्क्स, लेनिन र माओको मृतात्माको अपमानसहितको झुठो विज्ञापन गर्नु अपराध हो । विनोद चौधरीको जस्तै जीवन हैसियत व्यतीत गर्नेहरुले जनवादको बहस गर्नु गोहीको आँसु मात्र हो ।

यसरी नेकपा जुन विवाद छ कुनै दर्शन सिद्धान्त र कार्यक्रमको होइन । केबल समान्तहरुको लुटपाटको अधैर्यताको पराकाष्ठा हो । नेकपा नेताहरूले ओलीलाई ५ वर्ष प्रधानमन्त्री जिम्मेवारी दिनु पर्छ भन्ने विषय आम नेपाली बुझ्द छन् । उनको नेतृत्वमा चुनाव जित्नु र उनको स्वास्थ्य प्रतिकूलताका बीच जुन पदमा छन् । त्यसलाई निरन्तरता पाउनु प्राकृतिक न्याय हुन जान्छ । यदि पूर्ण कार्यकालमा सही नेतृत्व दिन सकेन भने कार्यकर्ता र जनताले हटाउने अधिकार छ । तर जनता र कार्यकर्ता होइन सीमित नेताका महत्वकांक्षाका लागि हटाउनु ठूलो अपराध हुनेछ । जुन नेपालको संविधान र अन्तरपार्टी लोकतान्त्रको उपहास र हत्याको विकृत कार्य इतिहासमा दर्ज बन्नेछ ।

नेपाली जनताले क्रान्ति र संविधान बिरुद्धको विशिष्ठ सामन्तहरुको लफडालाई सचेत र गम्भीरतापूर्वक हेर्न र बुझ्न अनिवार्य छ।

यो विचार सामाजिक सञ्‍जालबाट लिइएको हो

प्रतिक्रिया दिनुहोस्