सुनकेशरीसँगको जम्काभेट [कथा]



• मुरारी अधिकारी

बिहान ६ बजेतिरै झ्वाट्ट निन्द्राले छोड्यो, निन्द्रा हटिसकेपछि सुत्न भने असाध्यै गार्हो लाग्छ मलाई । केटाकेटी सुतिरहेकै थिए, मोबाइलमा मौसम हेरेँ पानी ७ बजेबाट पर्ने भनेर देखायो, एक्कासी ए झरी ….नझरी देउ यसरी गीत सम्झिएँ, आज बिदाको दिन कहाँ कहाँ जाउला रमाइलो गरौंला सोचेको झरीले सबै बिगार्यो सोच्दै थिएँ भएन एक चक्कर साईकल कुदाएर आउछु सोचेँ र फुत्त निस्किएँ, कालो बादलले पोखिदा रङ्ग बिहिन पानी कसरी बन्दो हो कल्पना गर्दै अगाडि बढ्दै थीएँ। करिब ८ कि मी जति गैसकेपछि मैले घुम्ने साइकल ट्रेलमा  साना ठुला थुप्रै पोखरीहरु छन् ति पोखरीमा अनगिन्ति हाँसहरु छन् म एकतमास ले हाँसहरुलाई हेर्छु अनि यसो सोच्छु यी स्वच्छन्द जलचर गर्ने हाँसहरुलाइ  बनपलुवा भनुँ की ? प्रकृति पालुवा भनुँ कि वा भनौं देवपालुवा !! कल्पनामै भुल्दै हरेक हाँसलाइ नाम दिन थाल्छु कोहि पहेले चुच्चे ,कसैलाई सुगे हाँस कोहि मयुर हाँस आदि आदि , खिस्स हाँस्छु हत्तेरिका कहाँ साध्य नलाग्ने कुरा सोचेर ,न मैले उनको नाम लिएर बोलाउदा यिनले चिनुन ? न भोलि यिनैलाई म भेटौं , आफ्नो सोच आफैलाई हास्यास्पद लाग्यो । म फर्किए अलिक अगाडी आएपछि त्यो सुनसान साइकल ट्रेलमा एउटी असाध्यै  सुन्दर गोरेनी केटि देखेँ मैले , एउटा कालो कुकुर डोर्याएकी कलेजी रङ्गको टि सर्ट , सेतो एडिडास् लेखेको एक्टिभ वेएर सुरुवाल , कपाल भने ठ्याक्कै सुनका केस्रा झैँ लाग्ने पहेलो , मलाइ पहिलो इम्प्रेसन परेकी राम्री गोरेनी टाईटेनिक चलचित्रकी “केट” हुन् तर तिनी के राम्री?? यी त बिछट्टै राम्री ,कल्पना गरेँ मैले कथामा सुन्ने गरेकी सुनकेशरी रानी सायद यस्तै थिइन् होला है? साइकल आफ्नै गतिमै कुदिरहेको थियो मान्छे नजिक पुगेपछि बिस्तारै जाने चलन अनुसार बिस्तारै गएँ, उसैले गुड मर्निङ्ग भनी । एक अर्का सँग आँखा जुध्नासाथ मुसुक्क हासेर बोल्ने संस्कृति खुब मन पर्छ मलाई क्यानाडाको !!! मैले पनि गुड मर्निङ्गको अभिबादन फर्काएँ। Its beautiful morning except light rain right? yes you are right. My name is Murica !!! एकै श्वासमा सबै कुरा झ्याप्पै भनि उसले।  My name is Murari. Nice to see you have a great Day भन्दै अगाडी बढें

ए तपाईं त नेपाली पो हुनुहुँदोरहेछ । हजुर हो त, म आश्‍चर्य मिसिएको स्वरमा बोलेँ । कति राम्रो नेपाली बोल्नु हुँदोरहेछ । नेपालमा धेरै समय बिताउनुभएको रहेछ क्यारे, मैले स्वाभाविक प्रश्‍न सोधेँ ।

ए तपाइँ त नेपाली पो हुनुहुदो रहेछ हजुर हो त म आश्चर्य मिसिएको स्वरमा बोलें। कति राम्रो नेपाली बोल्नु हुदो रहेछ नेपालमा धेरै समय बिताउनु भएको रहेछ क्यारे मैले स्वाभाविक प्रश्न सोधें , हैन हैन म जसलाई भेट्यो उसैको भाषामा बोल्न सक्छु उ गज्जबले हाँसी , ठट्टा गर्न माहिर रैछे भन्ने सोचें मन मनै !! साइकल त उत्तिकै तेज गतिमा चलाउन थालिसकेको थिएँ मैले , उ पनि सँग संगै कुद्न थालिछ।  जम्मा २८ कि मी प्रति घण्टा  (28 km/hr) त रहेछ नि तपाईको साइकल को स्पिड , है ? कसरी थाहा पाउनुभयो? मैले यस्तो साइकल धेरै गुडाको हो नि ? हजुर,  हजुर को सहि थप्दै म गुडाई रहेको छु । जति नै कुदाए पनि हावा भन्दा छिटो के हुन सकिन्थ्यो ? उस्ले प्रश्न मिसिएको भावमा गहन कुरा गरी ! हो त नी मैले सहज भावमा उत्तर दिएँ ,तर लाग्यो यो आइमाई कति व्यापक कुदेकी ??  हावालाई त देख्न पनि सकिदैन नि त ? त्यसमा आत्मा जो हुदैन !!! घनघोर दार्शनिक जस्ती पो देखिई यो आइमाई ? उसले फ्याट्टै सोधी तपाइँ ति पोखरीमा भएका हाँसको नाम राख्ने कुरा कल्पदै हुनुहुन्थ्यो नि हैन ? अघि  पोखरी अगाडी साइकल रोकेर म घोरिएको देखिछे क्यारे ? मैले मनमनै सोचेँ। एक जना साहित्यकार छन नि नेपालमा मैले नाम भुले……केहि सोचे जस्तो गरेर उसले भनि “यो नाम मा के छ हजुर?” भन्नेका लेखक क्या ? नेपाली साहित्य पनि पढ्नु भएको रैछ नि ? मैले अनुहार तिर नहेरी प्रश्न तेर्स्याएँ !! उसले कुकुरको नाम बोलाइ  केहि भनि त्यो अंगेजी भाषा थिएन, त्यसैले मैले ज्याकी भनेको भन्दा बाहेक केहि बुझिनँ । म पनि त्यसै गरी हाँसका नाम राखौं सोच्थेँ , त्यसैले जब तपाइँ पोखरी माथिको पुलमा साइकल अड्याएर रोकिनु भयो मैले तपाइको मानसिकता बुझिहालें । यसपछि उसलाई सोधें तपाई धेरै नै कुद्न सक्नु हुदो रहेछ है? के म्याराथन नै गर्नुहुन्छ कि क्याहो ? कि मैले साइकल पो ढिलो चलाएँ म हाँसे तर गज्जब सँग हास्न सकिन साइकल चलाएकाले मेरो सास बढेको थियो।  त्यसो हैन हावा सँगै दौडिन सक्छु म !!! बहुत ज्याद्रि केटि सोझो जबाफ त केहि नदिने सोच्दै गर्दा उसले भन्न थाली :-

 निकै बर्ष अगाडी झिसमिसे उज्यालोमा म साइकल लिएर निस्किएँ , म संगै मेरो ज्याकी (कुकुर) पनि थियो।  मान्छेको आवत जावत शुरु नभइ  सकेको त्यो सखारैको बिहानीको शान्त वातावरणमा ज्याकी  र म दौडी रहेका थियौं। अचानक कायोटिक ( एक प्रकारको चितुवा) आयो ! भोको कायोटिकले मेरो ज्याकीलाइ झ्याप्पै समात्यो र टोक्न लाग्यो।कुकुर पनि आफुले सकेको बल लगाएर प्राण रक्षामा लाग्यो।  त्यो हिंस्रक जनावरको क्रुरता आफ्नो प्रिय कुकुर माथि परेको दृश्य त्यतिकै हेरीबस्न किन सकिन्थ्यो उसको अत्यधिक मायाले म पनि त्यसलाइ लखेट्न सकिन्छ र कुकुरको ज्यान  बचाउन सकिन्छ भन्ने सोचेर साइकल रोकि तिनको को युद्धमा होमिएँ। रिसाएको कायोटिक झ्वाम्मै म माथि आइलाग्यो हार गुहारमा अवाज ननिस्किएको हैन तर त्यो सुनसान समयमा हाम्रो पुकार सुन्ने कोहि थिएन अन्तत: उसका तिखा दाँत मेरो घाटिमै गाड्यो , यसरी त्यो झिसमिसे बिहानीमा मेरो प्रिय कुकुर र म दुबैले अकाल मृत्यु बरण गर्यौं। केहि समय पछि मान्छेहरुको चहल पहल सँगै पुलिस आयो एम्बुलेन्समा हालेर मलाई अस्पताल लगियो , अस्पतालको कुलरबाट मुर्दा गाड्ने ठाउँ , शरीर त्यो सिमेंट्रीमा गाडीए पनि आत्मा भने त्यहि बेला देखि यहि साइकल ट्रेलमा घुमिरहेको छ।  यति भनेपछि मेरो सातो उड्यो , अघिपछि छोरो साथमा हुन्थ्यो आज एकलै हिडेको त्यो पनि यति छिट्टै अब यसले के गर्ने होला भन्ने व्यापक डर लाग्यो । साइकल छोडेर भागौं झैँ भो तर अघि नै भनिसकेकी छ हावालाई जित्न कहाँ सकिन्छ ? अर्थ भने बल्ल बुझें। उसले आफैलाई भनेकी रहिछ।  जब घनघोर डरले घेर्छ तब मान्छे ले भगवान सम्झिन्छ सायद। सानोमा बिहानीको कक्षा हुदा अध्यारोमै घर छोड्नु पर्ने हजुरआमा भन्नु हुन्थ्यो बाबु “हरे राम हरे राम , राम राम हरे हरे !! हरे कृष्ण  हरे कृष्ण ,  कृष्ण कृष्ण  हरे हरे ” भन्दै  हिड्नु पर्छ भुत प्रेत सब भाग्छन बाटो छोडी दिन्छन मैले झलक्क त्यहि सम्झिएँ।  झ्याप ब्रेक लगाएँ साइकलमा फरक्क फर्कें त्यो आत्मारुपी Murica नामधारी सुनकेशरीलाई हेर्न , अचम्म त्यो अलप भइ कुकुर सहित।  अब मुटु फुट्लाझैँ गरी फुलेको अनुभव भयो। ति हर उकालामा साइकल बल्ल बल्ल पेल्ने म डरका मारे कति बल आएछ जोड जोड्ले साइकाल चलाउदै एकै सासमा घर पुगेँ  ।

प्रतिक्रिया दिनुहोस्