प्यूठानका थप २० जनामा कोरोना पुष्टि,संक्रमित संख्या २११ पुग्यो
प्यूठान,असार १२ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानका थप २० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै जिल्लामामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ११ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ऐरावती गाउँपालिकाका १६ र र प्युठान नगरपालीकाका ४ जनामा शुक्रबार कोरोना सँक्रमण देखिएको हो। सँक्रमितहरु सवै पुरुष हुन। उनिहरु १४ देखी ५७ बर्ष उमेर समुहका छन्। जिल्ला भर निको भई २ जना घर फर्किएका छन्।
अन्यको स्थानीय आईसोलेशनमा उपचार भईरहेको छ। उनिहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।