काठमाडौको गोकर्णमा ल्होछार पर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न



काठमाडौ।काठमाडौको गोकर्णेश्वर स्थित माकलबारीमा ल्होछार पर्व बिशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

       २८५६ जिवा ल्हो(मुसा वर्ग)सोनाम ल्होछारको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद कृष्ण राईले सबै जातजातिको पहिचान आफ्नो सस्कृतीले दिलाउने भएकाले सस्कृती संरक्षणको निम्ति हामी सबै लागिपर्नु पर्ने बताउनुभयो।

  कार्यक्रममा बिशेष आतिथी गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे,नेकपा नुवाकोटका युवा नेता पुर्णलाल श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राखेका थिए।

मन्तव्यको क्रममा नेकपा नुवाकोटका युवा नेता पुर्णलाल श्रेष्ठले आफ्नो गाउँ ठाउँ छोडेर राजधानी केन्द्रित रहेर पनि आफ्नो सस्कृती जगेर्नाको यो कदम सराहनीय भएको बताउनुभयो।

   कार्यक्रम नुवाकोट दुप्चेश्वर गाउँपालिकाबाट काठमाडौ आई बसोबास गर्नेहरुको समाज नेपाल बुद्धिष्ट समाजका अध्यक्ष कमानसिंह तामाङको सभापतित्वमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्