कमल भुसाल ‘चन्चल’ले ल्याए ‘गाईलाई चराउँदै’ बजारमा ( भिडियो)
काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र ब्यवसाहिकता तिर ढल्की रहंदा आफ्नै कला संस्कृति र मौलिकतालाई पनि ध्यानमा राख्दै कमल भुसाल “चन्चल” को “गाईलाई चराउँदै” बोलको गीत बजारमा आएको छ ।
गीतको अडियोमा जति मिठास्ता छ, त्यो भन्दा पनि म्युजिक भिडियोमा आफ्नै गाउँ वस्तीको यथार्ततालाई छर्लंग पार्ने कोसिस गरिएको छ ।
गीतमा कमल भुसाल “चन्चल” र कृष्णा परियारको सुमधुर स्वर सुन्न सकिन्छ । “गाईलाई चराउँदै” बोलको गीत उनै प्रतिभावान कलाकार कमल भुसाल “चन्चल” कै लय तथा शब्द सृजनामा तयार भएको हो । यस गीतको म्युजिक भिडियोमा कमल भुसाल “चन्चल”, साया भण्डारी, सरु विस्ट, रुपा भुसाल, बिक्रम सेन, भेषराज खनाल, बलराम भुसाल, चेत बहादुर सेन “मकरे”, मित्र घर्ति, शिवहरी अर्याल, अर्जुन, मुकुन्द प्रसाद रेग्मी, लेखनाथ भुसाल, प्रेम भुसाल, निर्मला भुसाल, संदेश भुसाल, कुसुम थापा, मिसकल भुसाल, प्रमिसा अर्याल र टुइटर भुसालको सामुहिक अभिनय रहेको छ ।
उनीहरु सबैको सामुहिक अभिनयले पनि गीतलाई थप आकर्षण बनाएको छ । गीतको म्युजिक भिडियोलाई निर्देशन शिबन पोख्रेलले गरेका हुन् भने छायांकन महेश महरा र सम्पादन गिरिराज भुसालले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई सन्देश नेपाल टि.भी कमल भुसाल “चन्चल” नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । हामि निकै कर्णप्रिय गीत “गाईलाई चराउँदै” बोलको गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।